Sun. Feb 9th, 2025


एलिन के सी
तुलसीपुरमा निःशुल्क रुपमा रक्त परिक्षण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित शिखर कोलनी टोल विकास संस्थामा निःशुल्क रक्त परिक्षण गरिएको हो । लायन्स क्लव अफ शिखर कोलनी सुविन, नेशलन बाथरोग सेन्टरको सहकार्य तथा शिखर कोलनी टोल विकास संस्थाको आयोजना रक्त परिक्षण गरिएको हो ।
त्यस अवसरमा ६५ जनाको निःशुल्क रुपमा रक्त परिक्षण गरिएको ल्याव टेक्निसियन श्रवण चौधरीले जानकारी दिए । टोल विकास संस्थाका अध्यक्ष तथा नेशनल बाथरोग सेन्टरका सञ्चालक शिव श्रेष्ठको अध्यक्षतामा भएको निःशुल्क रक्त परिक्षण कार्यक्रममा टोल विकास संस्थाका सदस्यहरु सन्तोष केसी, डिएन केसी, ल्याव टेक्निसियन श्रवण चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यसैबीच यही १६ गते शनिबार विशेषज्ञ डाक्टरले निःशुल्क विशेषज्ञ सेवा तथा औषधि वितरण गर्ने टोल विकास संस्थाका अध्यक्ष तथा नेशनल बाथरोग सेन्टरका सञ्चालन श्रेष्ठले जानकारी दिए । कार्यक्रमको सहजीकरण टोल विकास संस्थाका कोषाध्यक्ष लिलामणि चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *