Mon. Dec 2nd, 2024

दाङ एलिन के सि चेैत २३
नव वर्ष २०८० सालको अवसरमा तुल्सिपुर अरनिको मैदानमा स्वास्थ्य शिक्षा , सुचना हाम्रो अभियान, कला संस्कृति भेषभूषा हाम्रो पहिचान भन्ने मुल नाराका साथ सांस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा स्थानि प्रतिभालाई समावेश गरिने छ ।यस अघि तुल्सिपुरमा मेला महोत्सव गर्दै आइरहेको मतेरी युबा क्लबले कार्यक्रमको आयोजना गर्न लागेको हो। कार्यक्रम १ गतेबाट सुरु हुने भनेता पनि उद्घघाटन ३० गते हुने भएको छ। यस कार्यक्रमबाट करिब ५ लाख नगद उठ्ने आकलन गरिएको छ।क्लबका अध्यक्ष अजय बुढाथोकीले सङ्कलित रकमबाट तुल्सिपुरमा ए डिभिजन फुटबल प्रतियोगिता आयोजना गर्ने उदेश्य रहेको बताउनु भएको छ।स्थानीय स्तरमा लुकेर रहेका विभिन्न कला, प्रतिभाहरुलाई उजागर गरि हौसला प्रदान गर्ने मुख्य उद्देश्यले कार्यक्रमको आयोजना हुन लागेको हो।यस सास्कृतिक कार्यक्रममा आउने कलाकारको पोस्टर सार्वजनिक भइ सकेको छ।कार्यक्रमा पछिल्लो समय धोकेबाज गाइका भनेर चिनिने एलिना चोैहान ,शिब परियार ज्योति मगर, कुलेन्द्र बि.क, प्रिति आले, कृष्ण रेउले, अनु चोैधरी, देबेन्द्र बब्लु, चक्र बम , टङ्क तिमिल्सिना ,बिष्णु सपकोटा( हर्के हल्दार), सिर्जना खत्री( हाउडे माया), सुप्रिम मल्ल,क्रिश क्षेत्रि, अन्जु कुशुम्या, शालिकराम चोैधरी जस्ता थुप्रै कलाकारहरुको प्रस्तुति रहने भएको छ।
त्यस्तै कार्यक्रममा तुलसीपुर डाँस आइडल २०७९ का बिजेताहरु जेविका रेउले, सञ्जु क्षेत्री, सन्द्यया राना, जिबा बुढाथोकी लगायत विभिन्न कलाकारहरूको सहभागिता रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *