Tue. Feb 27th, 2024

तुल्सिपुरमा ९ महिने शिशुदेखी ७५ बर्षका वृद्ध समेत संक्रमीत

Bydipak oli

२०७७ भाद्र २१, आईतवार १०:४३ गते २०७७ भाद्र २१, आईतवार १०:४३ गते २०७७ भाद्र २१, आईतवार १०:४३ गते

२१भदौ । दाङको तुल्सिपुर उपमहानगरपालिकामा कोरोना परिक्षण बढायसंगै संक्रमण संख्या पनि थपिदै गएको छ। नगर भित्र हालसम्म ११९ जनामा संक्रमण भेटिएको छ भने ७८जना डिस्चार्ज भएका छन् । तुल्सिपुरमा हाल ४१ जना सक्रिय कोरोना संक्रमीत रहेका छन् ।
नगरभित्र कोरोना परिक्षण दायरा बढायसंगै संक्रमण संख्या पनि बृदी भएको छ। हिजोमात्रै तुल्सिपुरमा १८जना कोरोना संक्रमित थपिएका थिए । नगरभित्र ९महिनाको शिशुदेखी ७५ बर्षका वृद्ध समेतमा संक्रमण देखिएको छ। नगरभित्र पहिलो पङ्तीमा उभिएर कोरोनासंग जुध्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी संगै जनप्रतिनिधिमा पनि संक्रमण देखिसकेको छ । नगरभित्र हाल उच्च सावधानी अपनाउदै संक्रमण रोक्न आबस्यक देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *