दियालो श्रावण ,२५ तुल्सिपुर उप महानगरपालिका कार्यलय मै बिरोध प्रर्दशन भयको छ । गत हप्ता बस पार्क नजिकै रहेका ठेलाहरु तुल्सिपुर उप महानगरपालिका कार्यलयले फालेको थियो । सडक सानो भयो दुर्घटना हुने सम्भावना धेरै भयो भनेर नगरकार्यपालिका को निर्णय अनुसार ठेलागाडाहरु फालिएको थियो । जसमा पिडित पक्षले हामी गरिब हौ गरिब छौ खान लाउन छाक टार्न हम्ब्य हम्ब्य हुन्छ । हामिले पेट भर्न का लागि गरिएको सानो ब्यबसाय पनि नगरपालिकाले फालिदियो अब हामी काहाँ जाने के गरेर खाने भनेर बारम्बार गुहार गर्दा,पत्रकार सम्मेलन गर्दा पनि सुनुवाई नभए पछि हामिले यो ¥र्यालि निकाल्न बाध्य भएका हौ ।भन्दै दियालो अनलाईनलाई जानकारि दियका छन । हामी जुन ठाउमा छौ त्यही बस्छौ त्यो ठाउ भन्दा अन्त जाँदैनौ अरु ठाउ ब्यबसाय हुने ठाउ नै छैन यो भन्दा अगाडी नि हामीलाइ पातु खोलामा पठाइएको थियो । हाम्रो ब्यबसाय नभयपछि हामीलाइ झन ऋण लागेर आयौ सबै फलफुल कुहीएर नष्ट भयो । त्यसैले अब हामी यो ठाउ देखि अन्त जादैनौ भन्दै बिरोध ¥र्यालि निकालेका हुन । बरु हामी यही नगरपालिका मै मर्न तयार छौं हामीलाई न्याय चाहिन्छ भन्दै बिरोधमा उत्रिएका छन् ।