Fri. Oct 4th, 2024

टंक मल्ल/ १४ जेठ
आफु पनि बचाैं अरूलाई पनि बचाउ भन्ने उद्देश्यका साथ दु:खी असहाय व्यक्ति हरूलाई सहयोग गर्दै अाउनुभएका दयाका खानी नेपाली सद्गुन तथा नैतिक समाजका केन्द्रीय सचिव तुलसीपुर उपमहानगरपालिका वडा नं ९ वेलुवा बस्ने दानविर धन बहादुर डाँगी द्वारा तुलसीपुर उपमहानगरपालिका वडा नं ३ सिरखाेला झरना टाेल निवासी अशक्त जाेडी दलबहादुर साहु र दिलसरा साहुलाई खाने तरकारी र खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको छ । दियालो अनलाइनकाे समन्वय तथा सहजीकरणमा सहयोग हस्तान्तरण गरिएको हाे ।
डागीद्वारा ती दम्पतीकाे घर निर्माणका लागि २ जाेर झ्याल , २ जाेर ढाेका र ट्वाईलेटकाे सिट उपलब्ध गराउने प्रतिबद्धता गर्नुभएको छ । साथै अाेड्ने अाेछ्याउने बेड विस्तरा समेत उपलब्ध गराउने प्रतिबद्धता गर्नुभएको छ ।

असहाय,अशक्त र विपन्न समुदायका व्यक्तहरूकाे दुखेको घाउमा मल्हम पट्टी लगाउने पुन्य काम गर्ने मनका धनी अादरणिय व्यक्तित्व डागीले अाफ्नाे सानो अनुरोधमा यति महान काम गरेकोमा दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले सम्मान सहित अाभार प्रकट गर्नुभएको थियोे ।

विप्लव वली,संकर भुसाल, रमेश वली, ठाकुर भुसाल, शिव पुन ,कैलाश चन्द मदन मुस्कान लगाएतका सक्रिय युवाहरले संयुक्त रूपमा मनकारी व्यक्ति धनबहादुर डाँगीलाइ धन्यवाद व्यक्त गर्नुभएको थियोे ।
दलबहादुर साहुकाे दम्पतीलाई सहयोग गर्न चाहानेलाई लागि ग्लोबल आई मि बैकमा रहेको गोपाल गिरि नाममा रहेको खाता नम्बर 5707010008204 साथै हाम्रो फोन नम्बर ,9863152123,9866854083 मा सम्पर्क गर्न दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले अपिल गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *