Fri. Jul 19th, 2024

१३भदौ,दाङ।दिपक वली दलित तथा सिमान्तकृत समुदाय सशक्तिकरण केन्द्रको अन्तरक्रिया कार्यक्रम दाङको बबई गाउपालिकामा सम्पन्न भयको छ। दलित तथा सिमान्तकृत समुदाय सशक्तिकरण केन्द्रका बबई गा.पा अध्यक्ष सन्तराम सुनारको अध्यक्षता सम्पन्न गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा बबई गा.पा कि उपाध्यक्ष साबित्रा बिक रहनु भएको थियो। कार्यक्रममा रेडियो हापुरेका संचालक समितिका सचिब अर्जुन परिवारले संविधानको एन कानुनहरुलाई सामाजिक रुपमा समन्वय गरेर अगाडि बढेमात्र विभेद अन्त्य हुने भन्दै आफ्ना भनाइहरु राख्नु भएको थियो । कार्यक्रमकि प्रमुख अतिथि बबई गाउपालिकाकि उपाध्यक्ष साबित्रा बि.क ले समाज परिबर्तन हुनु भन्दा पहिले ब्यक्ति स्वयम् आफै परिबर्तन हुनु पर्छ र समाजमा अझै पनि दलिय छुवाछुत रहेकोले यस्लाई अन्त्य गर्न आफू लागीपरेको जानकारी दिदै यस गाउँपालिका बाट कस्तो भुमिका खेल्नु पर्छ र यसलाई हटाउनको लागि के कस्तो कदम चाल्नु पर्छ यसको लागि गाउपालिका जहिले पनि सहयोग र साथ दिन तयार रहेको कुराहरुमा जोड दिनु भयको थियो । कार्यक्रमको सहजीकरण सचिब वीर बिकले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *