Mon. Oct 14th, 2024

एलिन के सी
दाङको घोराही उपमहानगरपालिका वडा न १५ निवासी घरबेटी तारा प्रसाद पोख्रेलले व्यावसायिक प्रायोजनको लागि घर भाडामा लगाएको हुँदा करिब दुई महिना देखी पत्रकार अङ्गराज परियार सहित अध्ययनरत अरु तीन जना बसोबास गर्दै आएका थिए ।
उक्त घरको कोठामा बस्नको लागि घरबेटी सङ्ग सम्झौता गरि कुनै जात भात कुरै नगरी कोठामा बसेका पत्रकार परियार सहित अरु तीन जनाले बताएका छन। अर्को कोठा पनि दुई चार दिनमै खाली हुन्छ तपाइँहरुको सम्पर्कमा कोहि छ भने यो कोठा पनि भाडामा दिने बताए घरबेटिले भनेअनुसार कोठा खाली भएपछि पत्रकार महेन्द्र बिश्वकर्मा सरेको पाइएको छ।
तीन महिना सम्म जात थाहा नपाएकै कारण बस्न दिएको र जब दलित जातिको मान्छे हो भनेर घरबेटि पोख्रेलले थाहा पाएपछि आफु पुजारी बाहुन भएको अहिलेसम्म कुनैपनि दलित मेरो घरमा बसेको छैनन र आफ्नो देवता रिसाउने भन्दै भाडामा बस्दै आएका तिनै जना माथी जातीय दुव्र्यवहार गर्दै घरबाट निस्किन ठाडो निर्देशन दिएका थिए। यस्तो पानी परिरहेको बेला कतै कोठा भेट्टिन्न भनेर पत्रकार परियार सहित बिश्वकर्माले अनुरोध समेत गरेका थिए। त्यति भन्दा नमानेपछि पटकपटक दलित भनिरहदा मानसिक यातना दिनुका साथै सामान बाहिर निकाली बसेको कोठामा ताल्चा लगाइदिए। पत्रकार परियार लाई पनि तिमिहरु पनि दलित नै रहेछौ मैले क्षेत्रि बाहुन लाई मात्र कोठा भाडामा लगाउने मात्र गरेको बताए । जातीय विभेद भएको भन्दै दाङ जिल्ला प्रहरी कार्यालयमा सम्बन्धित निकायले उजुरी गरिसकेपछि घरबेटीलाई प्रहरीले नियन्त्रण ल्याइ कानुनी रुपमा अगाडि बढाउने बताएको छ।
पीडितहरुले न्याय नपाए सम्म आन्दोलन र धर्ना समेत गर्ने परियार सेवा समाजका अध्यक्ष केशव परियार सुबिनराज शेर्पालि फत्ते परियार लगाएत सामाजिक अभियानता हरुले घोषणा गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *