
गोपाल गिरी १८भदौ, दाङ। दाङमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ। जिल्ला स्वास्थ कार्यालय दाङका अनुसार हालसम्म दाङमा ७९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७०३ जना बिरामीहरु डिस्चार्ज भैसकेका छन् ।दाङ जिल्लामा हालसम्म कोरोनाले २जनाको मृत्यु भएको छ । जिल्लामा हाल ९०जना सक्रिय कोरोनका बिरामीहरु रहेका छन् । जिल्ला भित्र सबैभन्दा बढी संक्रमण घोराही उप-महानगरपालिकामा भेटिएको छ जहाँ हालसम्म ३१९जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाका बबई , बंगलाचुली,दंगिशरण र राजपुर गाउपालिकामा सक्रिय संक्रमण शुन्य रहेको छ। जिल्लामा संक्रमण बढ्दै गयपछी संक्रमण नियन्त्रणका लागि आइतबार राती १२बजे देखी एक साताका लागि लकडाउनको घोषणा गरिएको छ ।