Sun. Feb 9th, 2025

बैशाख ३१।

कोरोना संक्रमणमा कमी नआएपछि दाङमा फेरि थप दुई हप्ता लकडाउन थप गरिएको छ ।

जिल्ला कोरोना संकट व्यबस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको छ । दैनिक कोरोना संक्रमितको संख्या बढ्नुकासाथै मृत्यु हुनेको संख्या पनि नरोकिएको भन्दै जेष्ठ १५ गतेसम्म लकडाउन गर्ने निर्णय कोरोना संकट ब्यबस्थापन केन्द्रले गरेको हो।यस अघि जेष्ठ १ गतेसम्म लकडाउन गरिएको थियो । दाङमा गत वैशाख १७ गतेदेखि लकडाउन जारी छ ।दाङमा पछिल्लो समय कोरोनाका बिरामी बढेसङ्गै अस्पतालहरुमा पनि अक्सिजनको अभाव देखिन थालेको छ। सम्भाबित जोखिम बाट बच्नका लागि लकडाउन थप गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *