Fri. Jan 24th, 2025

गोपाल गिरी १४भदौ, दाङ। दाङमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ। जिल्ला स्वास्थ कार्यालय दाङका अनुसार हालसम्म दाङमा ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६९७ जना बिरामीहरु डिस्चार्ज भैसकेका छन् ।दाङ जिल्लामा हालसम्म कोरोनाले २जनाको मृत्यु भएको छ । जिल्लामा हाल ७०जना सक्रिय कोरोनका बिरामीहरु रहेका छन् । जिल्ला भित्र सबैभन्दा बढी संक्रमण घोराही उप-महानगरपालिकामा भेटिएको छ जहाँ हालसम्म २९९जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लामा संक्रमण बढ्दै गयपछी संक्रमण नियन्त्रणका लागि आइतबार राती १२बजे देखी एक साताका लागि लकडाउनको घोषणा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *