जेष्ठ-१४।
कोरोना संक्रमण दरमा कमी नआएपछि दाङ फेरि लकडाउन १० दिन थपिएको छ ।जिल्ला कोभिड १९ संकट व्यबस्थापन केन्द्रको शुक्रवार घोराहीमा बसेको बैठकले लकडाउन थप १० दिन लम्ब्याउने निर्णय गरेको हो । अत्यावश्यक बस्तुका लागि भने दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म पसल खोल्ने र बैंक बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । आज थप १० दिनलाई लकडाउन थपिएसङ्गै अब जेष्ठ १५ गतेसम्म जिल्लामा लकडाउन कायम रहने भएको छ ।
दाङमा गत वैशाख १७ गतेदेखि लकडाउन जारी छ ।दाङमा पछिल्लो समय कोरोनाका बिरामी बढेसङ्गै अस्पतालहरुमा पनि अक्सिजनको अभाव देखिन थालेको छ। सम्भाबित जोखिम बाट बच्नका लागि लकडाउन थप गरिएको छ।