Thu. Mar 27th, 2025

टंक मल्ल/९ जेठ , सल्यान ।
सल्यान दार्मा गाउँपालिकाकाे फारूलामा २५ बेडको अक्सिजन सहितको काेभिड-१९अाईसाेलेसन केन्द्रकाे काम अन्तिम चरणमा पुगेको छ । दार्मा गाउँपालिका–३ फारूलामा अक्सिजन सहितको काेभिड-१९अाईसाेलेसन केन्द्र बनाउने काम अन्तिम चरणमा पुगेकाे दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर के सी (अरूण)ले जानकारी दिनुभयो ।
अध्यक्ष के सीका अनुसार अबको केहि दिनभित्र आइसोलेसन सञ्चालनमा आउने छ ।
अहिले विद्युत, धारा जडान, वाइरीङ, डाक्टर तथा नर्सका लागि आवास, चेन्जिङ रुम र शौचालयको निर्माण कार्य सम्पन्न भै सकेको छ ।अब छिटोछरितो सबै व्यवस्था गरिसक्ने उपाध्यक्ष टीका वली शर्माले जानकारी दिनुभयो ।

अक्सिजनको अभावमा कोरोना संक्रमितको ज्यान जोखिममा पर्ने भएकाले बचाउनका लागि अक्सिजन सहितको आइसोलेसन बनाउन थालिएको जानकरी दिनुभयो । काेभिड-१९अाईसाेलेसन केन्द्रकाे अनुगमण गर्दै अध्यक्ष के सीले छिटो निर्माण गरी कोरोना संक्रमितको उपचारलाई प्रभावकारी बनाउन निर्देशन समेत दिनुभयो ।

स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेत,कोभिड अस्थायी अस्पताल मेडिकल अधिकृत एमबीबीएस डाक्टर अनिश महतो र आइसोलेसन सेन्टर प्रमुख अाकाश चन्द लगाएतकाे सम्पूर्ण टिमले उपचारको अभावमा सकेसम्म कसैले पनि ज्यान गुमाउन नपराेस भनेर भरपुर प्रयास गरेका छाैं र साे काे व्यवस्थापन, सुविधायुक्त उपचार कसरी गर्न सकिन्छ भनेर स्वास्थ्य शाखा लागिपरेको शाखा प्रमुख यज्ञ बस्नेतले जानकारी दिनुभयो ।

अाफ्नै ठाउँमा अक्सिजन सहितको काेभिड-१९अाईसाेलेसन केन्द्र निर्माण हुदा अाफुहरू ज्यादै खुसी भएको र जन प्रतिनिधिहरूकाे सक्रियता र सहानुभूतिले काेभिड राेग संक्रमन भए पनि अाफ्नै ठाउँमा उपचार पाएर बाँच्न सकिने भयो भनेर स्थानियहरूले दियालो अनलाइनसंग खुसी व्यक्त गरे ।

जनताकाे सेवामा अहाेरात्र खटेर काम गर्दा अाफुलाई थप जिम्मेवारी र सन्तोष मिलेको वडा अध्यक्ष दुर्गा मल्लले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *