
टंक मल्ल /जेठ १३,दाङ
तुलसीपुर उपमहानगरपालिका वडा नं १ सुनपुर भमके निवासी गंगाराम सापकोटालाई खाद्यान्न सहित नगद रकम हस्तान्तरण गरिएको छ । पैसा कमाउनकाे लागि भारत(कालापहाड)गएको बेला लाेटेर उपचार गर्न नसकी शरिरकाे देब्रे खुट्टाकाे घुडा देखि तलतिरकाे भाग गुमाउनुपरेको पिडा संग संगै काम गर्न नसकेर साँझ विहानकाे छाक टार्न समेत हम्मेहम्मे परिरहेको छ । त्यसैमा पनि काेभिड १९ राेगका कारण देश अहिले लकडाउनमा छ । पिडामा झन पीडा थपिईरहेका अवस्थामा दियालो अनलाइन डट कमका प्रधान सम्पादक दिपक वली र सम्पूर्ण परिवारकाे समन्वय र सहजीकरणमा सहयोग हस्तान्तरण गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ५ स्वर्गद्वारी टाेल बस्ने मनाेज कुमार बुढाथोकी बाट चामल,दाल,नुन र तेल लगाएतका खाद्यान्न सामग्रीहरू सहयोग गर्नुभएको थियोे ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका वड नं ३ गहते बस्ने संकर केसीले नगद रू ८०० रकम सहयोग गर्नुभएको थियोे ।
नेपाली अावाज अनलाइन टिभीका सञ्चालक मदनकुमार वि क (मुस्कान)पनि उपस्थित भएर
सहयोग गर्ने मनकारी व्यक्तित्व हरूप्रति सम्मान व्यक्त गर्दै पुन्य काममा लाग्नुभएकोमा धन्यवाद पात्र हुनुन्छ भन्दै अाभार प्रकट गर्नुभएको थियो ।साथी सहयोगका लागि अनुराेध गर्नुभएको थियोे ।
गंगाराम सापकोटालाई सहयोग गर्न चाहानेलाई लागि ग्लोबल आई मि बैकमा रहेको गोपाल गिरि नाममा रहेको खाता नम्बर 5707010008204 साथै हाम्रो फोन नम्बर ,9863152123,9866854083 मा सम्पर्क गर्न दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले अपिल गर्नुभएको छ ।