Tue. Feb 27th, 2024

दियालो अनलाइनद्वारा नयाँ बर्षको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

Bydipak oli

२०७८ बैशाख १, बुधबार ०८:४९ गते २०७८ बैशाख १, बुधबार ०८:४९ गते २०७८ बैशाख १, बुधबार ०८:४९ गते

बैशाख १, तुल्सिपुर दाङ ।
तुल्सिपुर स्थित दियालो अनलाइनले आज एक कार्यक्रमका बीच नयाँ बर्षको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । दियालो अनलाइनका प्रबन्धक गोपाल गिरिको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सभापतिमा दियालो अनलाइनका प्रबन्ध निर्देशक दिपक वलि रहनु भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि जि बि कोइराला अध्यन केन्द्र पश्चिम्का रुकुमका अध्यक्ष नबराज वलि रहनु भएको थियोे । विशिष्ट अतिथिमा तुल्सिपुर -५ स्थित बुद्ध नगर टोल बिकास संस्था का अध्यक्ष धन बहादुर केसी रहनु भएको थियो भने अतिथिमा सोहि टोल बिकास संस्थाका सचीव टीका राम पुन रहनु भएको थियो ।
दियालो अनलाइनलाइ करिब पन्ध्र हजार बराबरको टिसर्ट सौजन्य गर्नुहुने समाजसेवी नबराज वलिलाइ अनलाइनका प्रबन्ध निर्देशक दिपक वलिले सम्मान गर्नु भएको थियो। सम्मान ग्रहणको क्रममा वलीले आफुले यो भन्दा अगाडि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको र यसरी समाजसेवा गर्दा आफुलाइ आत्मसन्तुष्टि हुने बताउनु भएको थियो । उक्त कार्यक्रममा अनलाइनका सदस्यहरु लालमति भण्डारी , युवराज बस्याल , कमल कंडेल, रोशन कंडेल लगायतले नया बर्षको शुभकामना व्यक्त गर्नु भएको थियो। कार्यक्रममा बोल्नुहुने अन्य बक्ताहरुले संचार माध्यमहरु निर्भीक भयेर तथ्यपरक र यथार्थ समाचार सम्प्रेषण गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । कार्यक्रमको सहजीकरण अनलाइनका सम्पादक सन्तोष परियारले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *