Mon. Dec 2nd, 2024

समाजसेवाको क्षेत्रमा शिव शिलवाल एक स्थापित नाम हो । सिन्धुपाल्चोक जिल्ला भोटेकोसी गाउँपालिका वडा न ४ मा जन्म घर भइ हाल अमेरिकामा कर्मथलो बनाएर बिगत १२ बर्ष देखी निरन्तर सेवामा लाग्नुभएको जातजाती,भाषा ,धर्म केही पनि नभनेर हरेक दु:ख, कठिनाइ, समस्यामा निरन्तर सहयोग गर्दै आएका शिलवाल अहिले भने नेपालका विभिन्न ठाउमा आफै पुगेर सहयोग गरिरहेका छन।

आफ्नो व्यक्तिगत कामका लागि नेपाल आएका शिलवालले हरेक दिन विभिन्न सहयोग गरि राखेका छन । पहिलो दिन बिबेक स्वच्छ सेवा केन्द्र बबरमहलमा रहेका ३० जना बालबालिकाहरुका लागि ३१ हजार बराबरको खाद्यान्न सहयोग हस्तान्तरण गर्नु भएको छ ।दोस्रो दिन तुल्सी श्रेष्ठले संचालन गर्नु भएको आश्रममा ४३ हजार बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेका छन भने तेस्रो दिन दिक्षा चापागाईं द्वार संचालित पबित्र सेवा समाज नेपालमा रहेका ६५ जना आमा बुवा नानी बाबूका लागि ३० हजार वरावरको सहायता प्रदान गरेका छन ।सिन्धुपाल्चोक जिल्ला भोटे कोशी गाउँपालिका वडा न ४ मा ५० हजार बराबरको स्टेशनरि सामन बिरगंज मुसर बस्तीका बालबालिका लाई 50 हजार बराबरको स्टेशनरि सामान काभ्रे बनेपामा परिवर्तनका लागी हामि भन्ने संस्था लाई १६ हजार बराबरको स्टेशनरि सामान rockwood residents फाउन्डेसन संस्थाले सहयोग गरेको हो बिरगंजमा pece4ditels foundation Nepal का १३० लाई ५० हजार बराबरको स्टेशनरि सामान र सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लाको सहाराघर मा आश्रति १४० जना अपांग तथा बालबालिका लाइ स्पोक्यान नेपाली सोसाइटी बाट ६४ हजार बराबरको खाद्यान्न र कंचनपुर जिल्ला महेन्द्र नगरमा महिला तथा वृद्ध सेवा केन्द्रमा ४० हजार बराबरको खाद्यवस्तुहरु र धनगढीमा महिला तथा बालबालिका सेभ हाउसमा ४० हजार बराबरको खाद्यान्न आफै पुगेर सम्पुर्ण खर्च तीन लाख ६४ हजार बराबरको खाद्यान्न तथा स्टेशनरि सामान बितरण गरिएको समाजसेवी शिव सिलवालले बाताउनु भएको छ । समाजसेवी सिलवाल अहिले परिवार सहित अमेरिका बाट १ महिनाको लागी छुट्टी लिएर आफ्नो परिवारिक भेटघाट तथा नेपालको विभिन्न क्षेत्रमा गरिब तथा असाए हरुलाइ सहयोग गर्न आउनु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *