तुलसीपुर उपमहानगरपालिका वडा नं ३ गहतेमा छायांकन भई सप्तरंगी टेलिभिजन र ग्राफिक्स मिडिया स्टुडियो युट्युव च्यानलबाट प्रशारण हुने सामाजिक परिघटनामा अाधारित टेलि सिरियल परम्पराका सम्पूर्ण कलाकारले देउसी भैलाे खेलेर संकलन भएको पैसा तुलसीपुर उपमहानगरपालिका वडा नं ३ गहते निवासी रेमन्त बहादुर खत्रीकाे श्रीमती मनमती खत्रीलाई अार्थिक सहयोग गरिएको छ ।लामाे समय देखि पक्षघात भई थला परेकी मनमती खत्रीलाई अार्थिक सहयोग हस्तान्तरण गरिएको छ । परम्परा टेलि सिरियल छायांकन सामाग्री खरिद गर्ने रकम छुट्याएर केही रकम हस्तान्तरण गरिएको हाे। समाजमा रहेका विकृति विसंगति लाई अभिनयकाे माध्यमबाट हटाउने अभियानका साथ सञ्चालनमा ल्याईएकाे उक्त टेलि सिरियलका सम्पूर्ण कलाकार टिम लगाएत शुभ चिन्तक समेतको उपस्थितिमा भैलाे कार्यक्रम गरिएको थियोे । परम्परा टेलि सिरियलले अायाेजना गरेको भैलाे कार्यक्रममा जनचेतनामूलक नाटकहरू र नृत्य जस्ता प्रस्तुतिहरू प्रदर्शनी गरिएको थियोे ।
अहिलेसम्मकै नयाँ शैलीमा भैलाे कार्यक्रम सञ्चालन गरि गाउँ गाउँमा सचेतना फैलाउने काम गरेको हुनाले याे भैलाे सञ्चालन गर्ने परम्परा टिम प्रति कृतज्ञ प्रकट गर्दै तुलसीपुर ९ बेलुवा निवासी मदन हमाल,विनोद शर्मा र दुर्गाप्रसाद शर्मा लगाएतका व्यक्तित्व हरूले अागामी दिनहरूमा अझै राम्रोसँग अगाडि बढ्न सुझाव सल्लाह दिदै सफलताको शुभकामना समेत दिनुभएको थियो । हामीलाई अहिले छायांकन गर्ने सामाग्री हरू थाेरै भएको र अार्थिक अभावका कारण खरिद गर्न नसके पछि भैलाे कार्यक्रम गरि केही मात्रामा रकम जम्मा भएको हुनाले अब अावश्यक पर्ने सामग्रीहरू खरिद गरि सिरियल अझै क्वालिटियुक्त बनाउन सकिने भयो ।भैलाे कार्यक्रममा अाफ्नाे इच्छाअनुसार सहयोग गर्ने सम्पूर्ण घरबेटी अामा,बुवा तथा दाजुभाइ प्रति कथा लेखक तथा निर्देशक द्वय देवेन्द्र के सी र शुसान्त मल्लले अाभार प्रकट गर्नुभएको छ ।साथै देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मनकारी सहयोगी मनहरू प्रति पक्षघात भएर थला पर्नुभएकी मनमती खत्रीलाई अार्थिक सहयोग गरीदिन अनुरोध गर्नुभएको छ। सहयोग हस्तान्तरण कार्यक्रममा देवेन्द्र केसी (मंगले काका),शुसान्त मल्ल(पिस्तुले),माेहन चन्द (माैवा)सन्देश मल्ल(बुदे),पवित्रा केसी(),विजय मल्ल(बतासे)डिल्ली केसी(पण्डित )मनिसा केसी(कली)कैलाश चन्द (धाैले)लगाएको उपस्थितिमा अार्थिक सहयोग हस्तान्तरण गरिएको थियोे । उक्त कार्यक्रममा बम बहादुर मल्ल,भद्र के सी,ठगेन्द्र बस्नेत भविश्वर सापकोटा र भिम बहादुर खत्री,नवीन शर्मा लगाएतका व्यक्तित्वहरूकाे सहभागीता रहेको थियो ।