Mon. Jan 12th, 2026

असाेज १४ ;: उमा पाैडेल ( रेखा ) बि पी काेइराला बिज्ञान प्रतिस्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई बर्खास्तकाे माग गर्दै सिनियर चिकित्सकहरु अान्दाेलनमा उत्रिएकाछन । फ्याकल्टीहरुकाे अढाई बर्ष देखि राेकिएकाे बढुवा प्रक्रिया शुरु गर्नु पर्ने वृद्धि भएकाे तलब उपलब्ध गराउनु पर्ने जाेखिम भत्ता पाउनु पर्ने लगायतका माग गर्दै बिहिबार देखि निरन्तर रुपमा अान्दाेलनमा उत्रिएका छन । उनीहरुले अाफ्नाे न्युतम मागहरु पूरा गर्न नसक्ने प्रतिस्ठानकाे हितका लागि भन्दा अन्य काम गर्ने उपकुलपति डा.गिरीलाई बर्खास्त गर्न माग गर्दै भदाै १९ गते माग पत्र बुझाएर गत बिहिबार देखि दिनकाे अाधा घण्टा शान्तीपुर्ण धर्ना बस्दै अाएका छन । प्रतिस्ठानका सिनियर चिकित्सकहरुले उपकुलपति डा.गिरीकाे जथाभाबी गरेकाे नियुक्ति र सरुवा बढुवाकाे पनि घाेर बिराेद जनाएकाछन । उपकुलपति डा.गिरी अाईसाेलेसनम‌ै बसेकाे बेला कर्मचारीहरुकाे जथाभावी सरुवा नियुक्ति गरे पछि डा.गिरी बिबादमा परेका थिए । अझ प्रतिस्ठानकै खरिदमा भ्रस्टचारकाे मुद्दा खेपी रहेका ब्यापारीसग बिना टेन्डर डेढकराेडकाे मेडिकल सामग्री खरिद गरे पछि झनै बिबादमा तानिएका अान्दाेलित चिकित्सकहरुले जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *