Fri. Jul 19th, 2024

टंक मल्ल /जेठ १३,दाङ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १ सुनपुर भमके निवासी कृष्ण बिकलाई खाद्यान्न सहित नगद रकम हस्तान्तरण गरिएको छ । बिक लामो समय देखि नसाको बिरामीका कारण बिस्तारामै थला परिरहेका छन् । लगातारको नसा सम्बन्धि बिरामीको उपचार गर्नु पर्दा परिवारको आर्थिक अबस्था कमजोर भइ हाल साँझ विहानकाे छाक टार्न समेत हम्मेहम्मे परिरहेको छ । त्यसैमा पनि काेभिड १९ राेगका कारण देश अहिले लकडाउनमा छ । पिडामा झन पीडा थपिईरहेका अवस्थामा दियालो अनलाइन डट कमका प्रधान सम्पादक दिपक वली र सम्पूर्ण परिवारकाे समन्वय र सहजीकरणमा सहयोग हस्तान्तरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ पर्सेनी बस्नेसंन्जय बि.क बाट चामल,दाल,नुन र तेल लगाएतका खाद्यान्न सामग्रीहरू सहयोग गर्नुभएको थियोे ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका वड नं ३ गहते बस्ने संकर केसीले नगद रू ३०० रकम सहयोग गर्नुभएको थियोे ।नन्दकिशोर पुनले पठाएकाे रमम मध्यबाट रू१०००रकम दिपक वलीले हस्तान्तरण गर्नुभएको थियोे ।

नेपाली आवाज अनलाइन टिभीका सञ्चालक मदनकुमार वि क (मुस्कान)पनि उपस्थित भएर
सहयोग गर्ने मनकारी व्यक्तित्व हरूप्रति सम्मान व्यक्त गर्दै पुन्य काममा लाग्नुभएकोमा धन्यवाद पात्र हुनुन्छ भन्दै आभार प्रकट गर्नुभएको थियो ।साथै सहयोगका लागि अनुराेध गर्नुभएको थियोे ।
गंगाराम सापकोटालाई सहयोग गर्न चाहानेलाई लागि ग्लोबल आई एम मि बैकमा रहेको दियालो अनलाइनका प्रबन्धक गोपाल गिरीको नाममा रहेको खाता नम्बर 5707010008204 साथै हाम्रो फोन नम्बर ,9863152123,9866854083 मा सम्पर्क गर्न दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले अपिल गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *