Sun. Jun 16th, 2024

हेमन्त वली असार-९,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत शान्तिनगर-दंगिशरण गाउपालिकाको प्रथम पुर्ण वैठक सम्पन्न भएको छ। नेकपाको १०औ केन्द्रीय समितिको पुर्ण बैठक पछिको गाउपालिकाको प्रथम पुर्ण वैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो। नेकपा शान्तिनगर-दंगिशरण गाउपालिकाको प्रथम वैठकलाइ सम्बोधन गर्दै दाङ जिल्ला सेक्रेटरी तथा वैठकका प्रमुख अतिथी प्रदिपले बदलिँदो परिस्थितिको असाधारण जिम्मेवारीलाई आत्मसात गर्दै जनतासंग बैज्ञानिक समाजवाद प्राप्तिको बाटोमा दृढतापुर्वक जुट्न अपिल गरे। बैज्ञानिक समाजवाद नै अहिलेको सम्पुर्ण संकटको समाधान भएको बताउदै प्रमुख अतिथी प्रदिपले जनता बैज्ञानिक समाजवादी राज्यव्यवस्था प्राप्तिका लागि जस्तोसुकै जोखिम मोल्न तयार भएको बताए।उनले भने,”हामी शान्तिपुर्ण बाटोबाट अधिकार प्राप्तिको दिशामा दृढ छौ तर राज्य जिम्मेवार हुनुपर्छ”। नेकपा शान्तिनगर-दंगिशरण गाउपालिका इन्चार्ज निर्मलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।गाउपालिकाको प्रथम पुर्ण वैठकले ३६ सदस्यीय गाउपालिका कमिटी चयन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *