Sun. Feb 9th, 2025

बैशाख २३।

नेपालमा आज २,७०७ जना कोरोनाका बिरामीहरु सङ्क्रमणमुक्त भएका छन्। आज थप ९,०७० जनाभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।अहिले पनि काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमितको फेला पर्ने क्रम जारी छ।मन्त्रालयका अनुसार सो अवधिमा थप ५४ जनाको कोभिड-१९ सम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त भएको छ।

यो अहिलेसम्म पुष्टि भएको सर्वाधिक दैनिक वृद्धि सङ्ख्या हो।सरकारको तथ्याङ्कअनुसार बिहीवार अपराह्णसम्म देशभरि ७२,५६१ जना पुष्टि भएका सक्रिय सङ्क्रमित छन्।अहिले पीसीआर विधिसहित एन्टिजन विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।सो सङ्क्रमित सङ्ख्या कुल २१,१४२ जनाको परीक्षण गर्दा पुष्टि भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *