Sun. Feb 25th, 2024

नेपालमा आज ३,०५१ जनामा कोरोनाभाइरस सङ्क्रमण

Bydipak oli

२०७७ कार्तिक २०, बिहीबार ११:४७ गते २०७७ कार्तिक २०, बिहीबार ११:४७ गते २०७७ कार्तिक २०, बिहीबार ११:४७ गते

कार्तिक २०

नेपालमा आज ३,०५१ जनामा कोरोनाभाइरस सङ्क्रमण र १८ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।सो अवधिमा १३,०६८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्। काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको छ।काठमाण्डू उपत्यकामा आज १,३९८ जनामा कोभिड-१९ पुष्टि भएको हो।

यो सँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १,८५,९०० नाघेको छ।तीमध्ये ७९.८ प्रतिशत अर्थात् १,४८,४०८ जना निको भइसकेका छन्।कोभिड-१९ सँग सम्बन्धित कारणले १,०५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *