बैशाख २७।
नेपालमा चौबीस घण्टाको अवधिमा ४,००७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सो अबधिमा थप ९,२७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।त्यस्तै मन्त्रालयले थप १३९ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको सोमवार पुष्टि गरेको छ।
पीसीआर विधि र एन्टिजन विधिबाट १८,४११ जनाको परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।