Sat. May 18th, 2024

असोज३०

नेपालमा आज ४,३९२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।देशभरि विभिन्न जिल्लामा गरिएका १६,५३१ वटा नमुना परीक्षणमा त्यति सङ्क्रमित फेला परेका हुन्।काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्क्रमित भेटिने क्रम जारी छ। अहिले पुष्टि भएका सङ्क्रमितमध्ये २,४०२ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्।

योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख २६ हजार नाघेको छ।चौबीस घण्टाको अवधिमा शुक्रवार अपराह्णसम्म थप २१ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयको वेबसाइटमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *