Sun. Feb 9th, 2025

मङ्सिर २।

नेपालमा आज ५०२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा देशभरि ३,११२ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ११ हजार नाघेको छ।अहिले पुष्टि भएका ३०,९८६ जना सक्रिय सङ्क्रमित छन्।तर पर्याप्त परीक्षण नभएकाले सङ्क्रमितको सङ्ख्या धेरै भएको हुनसक्ने विज्ञहरूको भनाइ छ।सरकारको तथ्याङ्कअनुसार मङ्गलवारसम्म नेपालमा १,२४७ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *