Sat. May 18th, 2024

जेष्ठ-१३।

नेपालमा आज ६,९३९ जनामा कोरोनाभाइरस सङ्क्रमण र १०६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।विगत २४ घण्टामा झन्डै २१,००० जनाको पीसीआर र एन्टिजन परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेको बिहीवार मन्त्रालयले जनाएको छ।

सो अवधिमा ७,२२६ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख ४२,००० नाघेको छ भने मृतकको सङ्ख्या ६,९५१ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *