जेष्ठ-७।
नेपालमा थप ८,६०७ जनामा कोरोनाभाइरस सङ्क्रमण र १७७ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।यससँगै कुल मृतकको सङ्ख्या छ हजार नाघेको छ। अहिलेसम्म नेपालमा ६,०२४ जनाको कोभिडका कारण मृत्यु भइसकेको छ।मन्त्रालयले शुक्रवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा विगत २४ घण्टामा देशभरि एन्टिजन तथा पीसीआर विधिबाट २३,२२६ वटा परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।
सो अवधिमा काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ७,८९० जना सङ्क्रमणमुक्त भएका छन्।अहिले देशभरि १,१६,१९२ जनामा सक्रिय सङ्क्रमण छ।