Sun. Jun 16th, 2024

बैशाख २१। नेपालमा बितेको २४ घण्टामा १,७७५ जना कोरोनाका बिरामी निको भएको मन्त्रालयले जनाएको छ।यसैबीच थप ७,६६० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।तीमध्ये काठमाण्डू उपत्यकामा फेला परेका सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।मन्त्रालयका अनुसार सो अवधिमा थप ५५ जनाको कोभिड-१९ सम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त भएको छ।

यो अहिलेसम्म पुष्टि भएको सर्वाधिक दैनिक वृद्धि र मृत्युको सङ्ख्या हो।मङ्गलवार पुष्टि भएका सङ्क्रमितहरू १६,१३१ पीसीआर र ५७१ एन्टिजन परीक्षण गर्दा पहिचान भएका हुन्।अहिलेको वृद्धिसँग नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५९,७९८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *