Sat. May 18th, 2024

बैशाख ८, दाङ ।नेपाल(वाईसियल) दाङका जिल्ला आयोजक कमिटि सदस्य रवि बस्नेतमाथि कुटपिट भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मज्गै निवासी बस्नेतमाथि मंगलबार राति कुटपिट भएको हो ।

आफ्नो कामको सिलसिलामा घोराही–९ दुविचौर गएको अबस्थामा स्थानीय शिव चौधरी, धनबहादुर चौधरी, सिताराम चौधरी(ग्वाते)लगायतले अपराधिक शैलीमा कुटपिट गरेको वाइसियल दाङका संयोजक माधव बुढाथोकीले बताए । सोही कार्यको भ्रत्सना गर्दै दोषीलाई छिटो भन्दा छिटो कारवाही गरि पीडितलाई न्याय दिन दिलाउनकालागि प्रहरी प्रशासनलाई आग्रह समेत गरिएको छ।

वाइसियल दाङका इञ्चार्ज सरोज पन्त र संयोजक बुढाथोकीले बुधबार एक विज्ञप्ति जारी गरि बस्नेतको स्वास्थ्य लाभको कामना गरिएको छ । बस्नेतको नेपालगञ्ज उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको संयोजक बुढाथोकीले बताए । दोषीलाई कारवाही नगरे संघर्षमा उत्रिने समेत उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *