Fri. Mar 28th, 2025

टंक मल्ल, १७ जेठ
तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का वडा अध्यक्ष विरेन्द्र कुमार शाह संयाेजक रहेको विपत् व्यवस्थापन काेषमा नेपाली काङ्ग्रेस दाङद्वारा सहयोग गरिएको एक लाख अठार हजार बराबरको रकमबाट तुलसीपुर उपमहानगरपालिका वडा नं ५ अन्तरगतका विभिन्न टाेलहरूमा बसाेबास गर्ने ११८ घरधुरी विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।नेपाली काँग्रेस ५ नं वडा सभापति मदनराज धिताल र अध्यक्ष शाहको संयाेजकत्वमा खाद्यान्न सामाग्री वितरण गरिएको हाे ।

उक्त कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं ५ कि महिला सदस्य तथा विपत् व्यवस्थापन समितिकि सदस्य समेत रहनुभएकी कुमारी सावित्रा गुरूङ, विनु अधिकारी उपस्थित हुनुभएको थियोे ।

त्यस्तै विपत् व्यवस्थापन समितिका सल्लाहकारहरू हाेम प्रकाश गाैतम,विमल रिजाल ,जनक खराल,टेकन बस्नेत ,शुरेस हमाल,दिपेन्द्र गुरूङ(दिपु),गाेकर्ण गिरी,अमन उल्लाह अन्सारी र धर्मेन्द्र कुमार वैश्य लगाएतका व्यक्तित्वहरू उपस्थित भई खाद्यान्न वितरण गर्नुभएको थियो ।
खाद्यान्न बुझ्दै ती विपन्न परिवारहरूले यस्तो महामारी काे बेलामा हाम्रो घरमा चुलो बलाउनु भएकोमा खुसी व्यक्त गर्नुहुदै सहयोग गर्ने सम्पूर्ण लाई धन्यवाद दिएका थिए ।

दियालो अनलाइन डट कम का प्रधान सम्पादक एवं सामाजिक अभियानता दिपक वलीले सम्पूर्ण दानदाता र विपत् व्यवस्थापन समिति लगाएत सम्पूर्ण मा धन्यवाद व्यक्त गर्नुभएको थियोे ।

विपत् व्यवस्थापन समितिका संयाेजक तथा ५ नं वडा अध्यक्ष विरेन्द्र शाहले विपन्न परिवारलाई खाद्यान्न,अक्सिजन लगाएतका अत्यावश्यक सामाग्रीहरू वितरण गरिरहेकाे जानकारी गराउनुहुदै सम्पूर्ण सहयोगी दाताहरूलाई सहयोग गर्न अपिल गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *