Fri. Jul 19th, 2024

उमा पाैडेल (रेखा) : भाद्र :२९/३० > बिराटनगरका एक जना नेपाली माथि भारतकाे नगर पञ्चायत १२ चाँदनी चाैक जाेगमुनिमा गाेली प्रहार भएकाे छ ।

बिराटनगर १२ राेडसे चाैकका बासु भनिने २४ बर्षीय दिपक मण्डल माथि हिजाे अपह्रन्नमा गाेली प्रहार भएकाे हाे काेराेना संक्रमण नियन्त्रणका लागि नेपाल भारत अावत जावत बन्द गरिएकाे बेला मण्डल नेपाल भारत सीमा क्षेत्र अन्तरगत बिराटनगर १७ मटेराेवा नाका हुँदै हिजाे ३ बजे भारत तर्फ गएकाेमा उनी माथि भारतिय युवा मुकेश यादबले गाेली प्रहार गरेका हुन गाेली प्रहारबाट मण्डलकाे दायाँ खुट्टाकाे अाैलामा चाेट लागेकाे र उनकाे जाेगमुनी क्लीनिकमा उपचार गराएका थिए तर उपचार गराएकाे पैसा तिर्ने बिषयमा पुन बिवाद हुदा यादबले पेस्ताेल निकालेर तीन राउण्ड हवाईफायर गर्दै फरार भएका थिए । मण्डललाई प्रहरीले राति ९:३० बजे राेड्से चाैक नजिकै फेला पारी उपचारका लागि काेशी अस्पताल लगिएकाेछ ।

अाफु मावली जाने क्रममा घटना भएकाे बताएका छन तर अनुसन्धानमा गाेली लाग्ने र प्रहार गर्ने दुवैजना लागू अाैसत काराेबारी र प्रयाेगकर्ता रहेकाे जिल्ला प्रहरी कार्यलय माेरङ्गले जनाएकाेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *