Sun. Feb 9th, 2025

नेपाल आयल निगमले स्वचालित इन्धन मूल्य प्रणालीअनुसार बिहीबार राति १२ बजेदेखि पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको हो । निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २ सय ३५ रुपैयाँ मूल्यवृद्धि गरेको हो । अहिले काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य एक सय ७० रुपैयाँ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ८ सय ९५ रुपैयाँ पुगेको छ । यो पोखरा र दिपायलमा लागू हुन्छ। सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ छ । तर, चराली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १७९ रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ ५० पैसा रहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *