Sun. Jun 16th, 2024

तुलसिपुर,२३/दिपक ओलि नेपाली काङ्ग्रेसको भात्री संगठन तरुण दलले वडा न.५ को वडा सम्मेलन सम्मन्न गरेको छ । नेपाल तरुण दलका वडा न.५का उपाध्यक्ष श्री प्रताप के सि को अध्यक्षतामा उक्त सम्मेलन सम्पन्न भएको थियो। उक्त सम्मेलनमा प्रमुख अथितीमा नेपाल तरुण दल दाङ जिल्ला अध्यक्ष श्री टीका घर्ति,अथितीहरुमा नेपाल बिध्यार्थी संगठन दाङ जिल्लाका कोषाध्यक्ष श्री अरुण लहरे, ध्रुब आचार्य ,नवीन योगि,किरण के सि को उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो।कार्यक्रमलाई जोड दिदै प्रमुख अथिती टीका घर्तिले समाज परिबर्तन गर्नको लागि तरुण दल सधै भरी अगाडी बड्ने भन्दै नयाँ कार्यसमितिलाइ बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो।उक्त कार्यक्रममा स्वागत मन्तव्यमा किरण के सि ले एबम सुभकामना मन्तव्यमा अरुण लहरेले आफ्नो भनाइ राख्नु भएको थियो । त्यसै गरि जि.बि जि.एमको अध्यक्षतामा ११सदस्यीय समिती गठन गरिएको थियो। कार्यक्रमको सहजीकरण ध्रुव आचार्यले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *