Sun. Feb 9th, 2025

२४भदौ। नेपाल आयाल निगमले भारतबाट पाइपलाइन मार्फत तेल ल्याउन थालेको बुधबार १ वर्ष पुगेको छ। सो अवधिमा ५३ करोड ४१ लाख ३ हजार लिटर तेल आएको अमलेखगञ्ज डिपो प्रमुख भरत रेग्मीले बताए।

उनकाअनुसार पाइपलाइनबाट तेल ल्याउँदा परिमाण समेत बढेको छ। भैरहवा, बिराटनगर डिपोले आ–आफ्ना लागि ट्यांकरबाट आफै ल्याउँथे। अहिले देशभरिका लागि भने पाइपलाइनबाटै अमलेखगञ्जमा तेल आउँछ।

पाइपलाइनबाट तेल आउन थालेपछि चोरी निकासी घटेको डिपो प्रमुख रेग्मीले बताए। पहिले वार्षिक १ लाख २६ हजार ट्याङ्करबाट तेल आउँथ्यो। ट्यांकरबाट तेल ल्याउन छोडेपछि वातावरण प्रदुषमा पनि कमी भएको उनले बताए।पाइपलाइनबाट तेल ल्याउँदा निगमको करिब सवा अर्ब बचत भएको नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *