Fri. Jul 19th, 2024

दिपक वली १५भदौ, तुल्सिपुर । दाङमा बढ्दो संक्रमणलाई नियन्त्रणका लागि गय रातीबाट एक साताका लागि पुनः लकडाउन लागु भएको छ। दाङमा पुनः गरिएको लकडाउनलाई कडाइका साथ लागु गरिएको छ। जस्ले गर्दा दाङका प्रमुख ब्यापारीक केन्द्रहरूसंगै तुल्सिपुर पनि बिहानैदेखि सुनसान रहेको छ। तुल्सिपुर क्षेत्रमा लक डाउनलाई पालना गराउन बिहानैदेखि बाक्लोरुपमा सुरक्षाकर्मीको उपस्थिति रहेको छ।

तुल्सिपुर- ५ बसपार्कका अस्थाई प्रहरी बिट प्रमुख सोमराज हमालले अत्यावश्यक बाहेक अरु सम्पुर्णमा हिड्डुलमा निषेध गरिएको जानकारी गराउनु भएको छ। तुल्सिपुर-५ का वडा सदस्य अजय बुढाथोकीले सम्पुर्णलाई लकडाउनको पालना गरि सुरक्षीत रूपमा बस्न अनुरोध गर्नुका साथै तुल्सिपुर-५ मा बन्दा बन्दीका कारण अत्यावश्यक सामान खरिद गर्न गाह्रो भयमा समान घरसम्म पुर्याउन वडा कार्यालयद्वारा सहयोग प्रदान गरिने जानकारी गराउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *