एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन गर्न सरकारले गठन गरेको समितिले नेपाल दूरसञ्चार प्राधिकरणसँग केही कागजात मागेको छ ।
समितिले विभिन्न सरोकारवाला र विज्ञहरुसँग छलफल गरी कागजात मगाएको समितिका अध्यक्ष टंकमणि शर्माले बताए । ‘एनसेलको ८० प्रतिशत शेयर ओगट्ने कम्पनीको खरिद बिक्रीपूर्व आजियटाले प्राधिकरणबाट कुनै अनुमति लिएको थियो कि थिएन ? पूर्वजानकारी भयो कि भएन भनेर सोधिएको छ’, उनले भने, ‘अनुमति बिना नै स्वामित्व परिवर्तनको निर्णय हुँदा तपाईंहरुको भूमिका के हो भनेर सोधिएको छ त्यसका साथसाथै पटकपटकको खरिदबिक्रीको पूर्वजानकारी, विदेशी मुद्रा सटहीका लागि दिएको स्वीकृति लगायतका विषयमा समेत सोधिएको छ । प्राधिकरणलाई लेखेको पत्रबारे उनले भने, ‘यससम्बन्धी जे जस्ता कागजात छन्, तत्काल उपलब्ध गराइदिनु भनी पत्राचार भएको हो ’