एलिन के सी
गाएक प्रकाश शपुतको नया गित बजारमा ल्याउदै ।गलबन्दि र बोल माया भाग दुई `दमाई महाराजा टाईल रहेको गित बजारमा आदै। गित समसामयिक बिषयवस्तुमा तयार भयो देखिन्छ। प्रकाश सपुत लेख्छन् भनेको थिएनी – यो साल २०८० मा मैले “जातिय विभेद विरुद्दको वर्ष” को रुपमा आफ्ना सिर्जनाहरु ल्याउने छु । यसको सुरुवात स्वरुप नयाँ सिर्जनाको टाईटल जुरेको छ – दमाई महाराज !
मेरो करियरका दुई कोशे ढुङगा गलबन्दी र बोल माया कै अर्को भाग हो – दमाई महाराज । जहिले पनि अर्को भाग आँउदैछ भन्ने तर नल्याउने भनेर प्रेमिल गुनासो गर्नेहरुका लागि पनि यो मिठो सम्बोधन हुन सक्छ ।
बाध्यताले अरब जाने र दुर्भाग्यवस काठको बाकसमा फर्किनेको विरक्त लाग्दो कथा थियो, बोल माया ! संयोगवस अहिले म अरब (दुबई) मा छु र यहिबाट बोल माया भाग- २ को टाईटल अनाउन्स्मेन्ट गर्दैछु ।
अर्को संयोग आज जेठ २१ “जातिय भेदभाव तथा छुवाछुत उन्मुल न दिवस” । २०२० सालको मुलुकी ऐन र गणतन्त्र स्थापना पछिको नयाँ संविधानले कानुन निर्माण त गरेको छ तर प्रभावकारी कार्यन्वयन छैन । जातिय जरा यति जगडिएको छ कि बलत्कार जस्तो संवेदनशिल विषयलाई पनि जातिय प्रतिष्ठा जोगाउन प्रयोग गरिएको जस्तो देखिन्छ । बलात्कृत हुनु र जातिय अपमान भोग्नु यी दुबै अत्यन्तै गम्भिर र असह्य कुरा हुन तर जातिय अहंकारकै कारण एकातर्फ प्रभात बोसेलहरु जेल बसिरहेका छन भने अर्को तर्फ बलात्कृत भनिएका प्रति पनि हाम्रो संवेदना देखिदैन ! कस्तो विरोधाभाष निर्माण भैरहेको छ । हाम्रो कानुन, हाम्रो समाज, हाम्रो चेतना र संवेदना अब स्पष्ट हुन जरुरी छ !
गलबन्दी – बोलमाया भाग- २ ले हाम्रो अन्धविश्वास र जात प्रतिको गलत चेतनास्तरलाई चुस्स हिर्काउने प्रयास गर्ने छ !
प्रतिक्षा गर्नु होला – दमाई महाराज आँउदैहुनुहुन्छ…