झपा असोज २/ उमा पौडेल। प्रदेश न. १ का करिब तीन हजार हाेटल ६ महिना पछि असोज १ गतेबाट खाेल्न शुरु गरिएकाेछ । काेराेना संक्रमणका कारण चैत्र ११ बाट अाैपचारिक रुपमा बन्द भएका थिए । पुर्बका हाेटल ब्यावसाहीहरुले हाेटल सञ्चालन गरे पनि नेपाल भारत तथा अन्तरास्ट्रिय सीमा लगायत भारतबाट अाउने ग्राहकले काेराेना संक्रमणलाई अझ जाेखिम पार्ने भन्दै हाेटल ब्यवसाहीहरुले अन्तरास्ट्रिय सीमा अझै पनि शिल यथावत राख्न र कडाई गर्न माग गरेकाछन । भारतकाे बिहार राज्य बिगत ५ बर्ष यता मदिरा निशेध गरेका कारण नेपालका हाेटलहरुमा भारतिय ग्राहकहरुकाे बाक्लाे भीड हुने गर्दछ। जस्का कारण झापा माेरङ्ग र सुन्सरीमा नयाँ हाेटल निर्माणका लागि लगानी बढ्दै गएकाेछ । सरकारले लामाे दुरीकाे यातायात अान्तरिक हवाई उडान असाेज १ बाट खाेल्ने निर्णय गरेसंगै अब हाेटल रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याउने भएकाछन । लकडाउन र निशेधित तराई क्षेत्रकाे कुनै-कुनै हाेटलमा यदाकदा पाहुना अाएकाे देखेता पनि पहाड र हिमाल क्षेत्रका पर्यटकीय क्षेत्रहरुमा हाेटलहरु पुर्ण रुपमा बन्दनै रहेका थिए । हिमाल ,पहाडी क्षेत्रका हाेटलहरु पनि खाेल्ने कुरा उल्लेख गर्दै अहिलेकाे अवस्थामा ती क्षेत्रमा अान्तरिक पर्यटक पुर्याउन सरकारले उल्लेखनिय भुमिका खेल्नु पर्ने ब्यवसाहीहरुकाे माग रहेकाेछ । ग्राहाकहरुलाई काेठामा कसरी सेफ गर्ने ग्राहाकहरुलाई दिएका कपडाहरुकाे ब्यवस्थापन कसरी गर्ने हाेटलमा विभिन्न सेनिटाईजर अथवा बैठकहरुमा कसरी प्रस्तुत हुने सेनिटाईजर कसरी प्रयाेग गर्ने बिषयमा थप प्रशिक्षणकाे अावश्यक देखिएकाेछ ।महासंघले कतै प्रत्यक्ष र कतै जाे मार्फत हाेटलका कामदारलाई स्वास्थ्य सुरक्षा सम्बन्धी प्रसिक्षण दिईरहेकाे छ तर सरकारले विशेष प्रकारकाे अभिमुखीकरणमा उनीहरुलाई सहभागी गराउनु पर्ने देखिएकाे छ । प्रदेश न. १ मा पर्यटन स्थरका हाेटल ५०० र अन्य समान्य हाेटल गेस्टहाउस ३००० काे संख्यामा रहेका छन भने उत्त हाेटलमा ५०,००० भन्दा बढी कामदार रहेकाे हाेटल ब्यवसाहीहरुकाे दाबी रहेकाेछ ।