
दाङ १६ असोज। प्रदेश न.५ को राजधानी दाङको भालुबाङमा बनाउने सहमति भएको छ। यस अघि राजनीतिक दलहरुबिच सहमती हुन नसक्दा प्रदेशको नामाकरण र राजधानीको टुंगो लाग्न सकेको थिएन । सतारूढ दल नेकपाका शिर्ष नेताहरुको बिच प्रदेशको राजधानी दाङको भालुबाङ बनाउने पक्षमा सहमति भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलि र प्रचण्ड बिच दाङको भालुबाङलाई प्रदेश राजधानी बनाउने सहमती भएको नेकपाका निकट नेताहरूले जानकारी दिएका छन् । दाङको प्रवेशद्वारका रुपमा रहेको भालुबाङ प्रदेश-५ को भौगोलिक रुपले पनि केन्द्रमा रहेको छ।