Fri. Jul 19th, 2024

१६भदौ। प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको छ।

विराटनगरस्थित प्रदेश प्रयोगशाला सोमबार साँझ गरिएको परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको घिमिरेको सचिवालयले जनाएको छ। भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला भएको र सोमबारदेखि ज्वरो पनि आएको सचिवालयले जनाएको छ।

शनिबार साँझदेखि मन्त्री घिमिरे निवासमै बस्दै आएका छन्। अहिले मन्त्री घिमिरेको स्वास्थ अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *