असोज१६। प्रदेश नं. ५ को राजधानी दाङ बनाउने प्रश्ताव आज संसदमा पेश भएको छ। आजको प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केशीले सरकारका तर्फबाट प्रदेश सभाको राजधानी दाङको देउखुरी र नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेका हुन्।
संविधानको धारा २८८ को उपधारा २ एवं धारा २९५ को उपधारा २ र प्रदेश नं. ५ को नामाकरण र स्थायी राजधानी सम्बन्धि आन्तरिक कार्यविधि २०७७ को दफा ४ को उपदफा ३ बमोजिम प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यकाको देउखुरीमा राख्न र नाम बुद्ध जन्मस्थलको महत्वलाइ हृदयगम गर्दै लुम्बिनी तोक्न सरकारका तर्फबाट प्रस्ताव पेस गर्दछु’ प्रश्ताव पेश गर्दै मन्त्री केशीले भने।
प्रस्ताव पेश भएलगत्तै बुटवल पक्षधर कांग्रेसका केही सासंसदले उठेर बिरोध जनाउन खोजेपछि सभामुखले आगामी बैठकमा छलफलमा सहभागी हुन अपिल गर्दै लगत्तै सदन स्थगीत भएको घोषणा थिए।
सत्तारुढ नेकपालको संसदीय दलले भोली बिहान बैठक बसेर राजधानी दाग र नाम लुम्बिनी राख्ने प्रश्ताव पारित गर्ने सत्तारुढ दलका सांसदहरुले बताएका छन। प्रतिपक्ष नेपाली कांग्रेसले भने अहिले सम्म आधिकारीक भनाइ सार्वजनिक गरेको छैनन। यसअघि नेकपा अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच नाम लुम्बिनी र राजधानी दाङ राख्ने प्रस्तावमा सहमती भएको थियो। दाङको प्रवेशद्वारका रूपमा रहेको भालुबाङ प्रदेशको केन्द्रको रुपमा रहेको छ।