Sat. May 18th, 2024

कृष्ण अधिकारी २३ दाङ विश्व वातावरण दिवसका अवसरमा तुलसीपुर उपमाहनगरपालिका वडा ७ प्रर्सनी प्रर्गतिसिल साथ अभियान तुलसीपुर उपमाहनगरपालिका ७ पुल्चोक मा रहेको शिबमन्दिर परिसर मा वृक्षारोपण कार्यक्रम गरिएको छ । बृक्षारोपन कार्यक्रम बिभिन्न सामाजिक सङ्घसंस्थाहरूको र अभियानका सम्पुर्ण सदस्य,अस्थायी प्रहरी पोस्ट प्रसेनी लगायत सर्बसाधारनको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम मा १दर्जन बढि बिरुवा रोपिएको अभियान का सम्योजक चिरञ्जीवी रेग्मी ले जानकारी दिए। अभियानमा नयाँ सदस्य नारायन भण्डारी र अर्जुन बि क लाई स्वागत गरिएको थियो । बिगत लामो समय देखि अप्ठ्यारोमा परेका रेग्मी ले धन्यवाद ज्ञापन गर्नु भएको थियो। उक्त अवसरमा बिभिन्न प्रजातिका बिरुवाहरू रोपिएको अभियानपरिवार लाई सहयोग गर्दै आइरहेको र तुल्सिपुर ७ राजापुर का २ घर परिवार लाई चामल पिठो दाल नुन तेल सहयोग हस्तान्तरण गरिएको थियो। र अभियानलाइ सहयोग गर्नुभयका सबै सहयोगी मनहरुमा धन्याबाद दिदै प्रेस सल्लाहकार कृष्ण अधिकारी जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *