प्रहरी र गाउँपालिका को समन्वयमा घरेलु मदिरा नष्ट

Author Logo..
२०७९ पुष २३ गते शनिवार

कालिकोट
प्रहरी चौकि मेहलमुडिमा सरुवा भएर आउनु भएका प्रहरी सहायक निरिक्षक तिलक बहादुर डागिले लोकल मदिरा नष्ट गर्ने अभियान थाल्नु भएको छ । सान्नी त्रिवेणि गाउँपालिकाको समन्वय र प्रहरी चौकि मेहलमुडिको आयोजनामा पालिकामा रहेका होटल पसलमा रहेको मदिरा नष्ट गर्न थालेको उहाँले बताउनु भयो । पालिकामा मदिरा खाएर हो हल्ला बढेपछि आएको पहिलो दिनमानै मदिरा नष्ट गर्न थाल्नु भएको हो । आज मात्र पालिकामा रहेका होटल वाट १० लिटर लोकल मदिरा बरामत गरि जनप्रतिनिधि पत्रकार र स्थानियको रोहबरमा नष्ट गरिएको छ । आज शनिवार भएर होटल पसल बन्द रहेको अबस्थामा कमै मात्रामा मदिरा बरामत गरेको प्रहरी सहायक निरिक्षक डागिले बताउनु भयो । सान्नी त्रिवेणि गाउँपालिकाको सान्ति सुरक्षा अमन चयनका लागि आफु कानुनि रुपमा अगाडि बढ्ने र कोहि कसैको पनि प्रलोभनमा नपरि काम गर्ने बताउनु भयो

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार