एजेन्सी असोज २२। लैंगिक समानताका लागि उत्कृष्ट देशमध्ये फिनल्याण्ड पर्छ ।प्रधानमन्त्री सन्ना मरिनले हालै त्यसको थप उदाहरण प्रस्तुत गरेकी छन् । १६ वर्षीया किशोरीलाई एक दिनका लागि प्रधानमन्त्रीको पद हस्तान्तरण गर्दै मरिनले उदाहरणीय कदम चालेकी हुन् ।
आभा मुर्तो नामकी ती किशोरी बुधबारका लागि प्रधानमन्त्री बनाइएकी हुन् । तर उनले कुनै नयाँ निर्णय गर्ने वा कानुन बनाउने छैनन् । तर उनले प्रविधिमा महिला अधिकारबारे राजनीतिज्ञहरुसँग दिनभर बैठक बसाउने छुट दिइएको छ । संयुक्त राष्ट्रसंघको बालिका दिवसको अवसरमा ‘च्यारिटी’का लागि फिनल्याण्डले यस्तो कार्यक्रम आयोजना गरेको हो ।
‘प्लान इन्टरनेश्नल’को ‘गल्र्स टेकओभर’मा फिनल्याण्डले भाग लिएको यो लगातार चौथो वर्ष हो । जस अनुरुप विश्वभरका देशबाट किशोर किशोरीहरुलाई एक दिनका लागि राजनीति र अन्य क्षेत्रको नेतृत्व दिइन्छ ।
यस वर्षको कार्यक्रम किशोरीका लागि डिजिटल सीप र प्राविधिक अवसर बढाउनेतर्फ केन्द्रित थियो । जहाँ केन्या, पेरु, सुडान र भियतनाम पनि सहभागी छन् । फिनल्याण्डकी मुर्तोले भने यसरी किशोरीको पक्षमा सबैसामु उभिएर बोल्न पाउँदा आफू खुसी भएको प्रतिक्रिया दिएकी थिइन् ।