Fri. Jul 19th, 2024

गोपाल गिरी १७ भदौ, दाङ । दाङको बबई गाउँपालिकामा रहेका सम्पुर्ण कोरोना संक्रमीत निको भएर डिस्चार्ज भएका छन् । गाउपालिकामा हालसम्म जम्मा ३२ जनामा कोरोना संक्रमण देखिएको थियो । पछिल्लो समय सकृय रहेका ३जनाको कोरोना रिपोर्ट आज नेगेटिभ आएपछि पालिका भित्र संक्रमण शुन्य रहेको जानकारी गाउपालिकाका कोभीड फोकल पर्सन सरद गिरी दिनुभएको छ। गिरीले कोरोना संक्रमण शुन्य भएपनी संक्रमणको जोखिम अझै रहेकाले सम्पुर्णमा लकडाउनको पालना गर्दै सुरक्षीत रुपमा बस्न अनुरोध गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *