Tue. Jul 23rd, 2024

जेष्ठ-८ दाङ, उमा पाैडेल(रेखा)।

मान्छेलाई बाचुनजेल अति आवस्यक पर्ने भनेकाे गाँस बास र कपास यी तीन चिज नै नभए कसरी बाच्नु त्यस्तै पीडा दाङ तुल्सीपुर माहानगरपालिका वाड न.३ लाहुरेचाैर सिरखाेला बस्दै आउनु भएका दलबहादुर साहुकाे परिवारकाे कारुणीक र दयनिय दु:ख ब्यथा देखेर जाे काेहीकाे आखा रसाउछ। दलबाहादुरकाे घरमा अामा अपाङ्ग एउटी सानी छाेरी छिन तीन जनाकाे याे परिवार पिडाले थिचिएकाेछ।बस्नकाे लागि सानाे परालकाे झुपडी थियाे त्याे पनि हावाहुरीले उडाईदियाे याे काेराेनाकाे भयबित विषम परिस्थितीमा गाँस बास कपासै छैन।अहिले त्यही नजिकैका छिमेकी प्रेम बहादुर डाङ्गीकाे घरमा शरण लिनु भएकाेछ बस्नलाई त प्रेम बहादुर डाङ्गीले दिनु भएकाेछ अब खाना चामल तर्कारी छैन भाेकभाेकै दिन कटाउनु परेकाे याे कारुणीक दृस्य छ । परिवारले सम्बन्धित निकाय तथा सहयोगी ब्यक्तिहरुलाइ सहयोगको अपिल गरेको छ। दलबहादुरले भने ‘ जिबन रक्षाका निमित्त सबैलाई सहयोगको अनुरोध गर्दछु ‘। सहयोगका लागि 9857831008( बिप्लब वली) लाइ सम्पर्क गरि सहयोग गर्न सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *