Sat. May 18th, 2024

१ असोज, काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेब गौतम आज राष्ट्रियसभा सदस्यमा मनोनीत भएका छन् । आजै राष्ट्रियसभा सपथ ग्रहण गरेका गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताएका छन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् । लगत्तै उनले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । पत्रकारसँगको कुराकानीमा गौतमले पार्टी , सरकार र रास्ट्रपतिप्रती आभार व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *