याम प्रसाद पाण्डे /२९ भदौ दाङ । पश्चिम दाङको बबई गाउपालिका वार्ड न. ४ स्थित पर्यटन संभावना बोकेको धागे छहरा आधारभुत बिकासको अभाबले उचित विकास पाउन बाट बन्चित भएको छ। बबई ४ स्थित रहेको यस छ्हरा ठाटिखाेला गाउमा अबस्थित रहेको छ ।उक्त ठाटिखोला गाउँ बाटो,बिजुली बति,खानेपानी जस्ता आधारभुत पुर्बाधार्हरुबाट वञ्चित छ।
बबई गाउपालिका मात्र नभई समग्र पश्चिम दाङ्ग नै बिकासका पुर्बाधारहरुमा पछि परेको छ।बबई गाउँपालिका ४ स्थानिय निबासी शिबलाल के.सिले बिगत लामो समय देखि पर्यटनको राम्रो सम्भावना बोकेको ठाँउ भए पनि अहिले सम्म कुनै पहल नभएको गुनासो पोख्नु भयो ।
पर्यटनको हिसाबले राम्रो सम्भावना बोकेको यस ठाँउमा बिकासका पुर्बाधारहरु भएमा स्थानीय तथा बाह्य पर्यटक आगमनमा थप सहज हुने अर्का स्थानीय बासि धनी के.सिले बताउनु भयो।
यस क्षेत्रका स्थानिय एबम प्रदेशका सरोकारवालाहरुको यस ठाउको बिकासमा ध्यान जान जरुरी देखिन्छ ।