११भदौ दाङ ।गोपाल गिरी नेपाल बिद्युत प्राधिकरणको साखा कार्यालय तुल्सिपुरमा सामाजिक दुरिको उलंघन भएको छ। प्राधिकरणको ब्यबस्थापनमा लापरबाही हुदा उपभोक्ताहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेका छन् । उपभोक्ताहरु सामाजिक दुरिबिना नै लाईनमा उभिएर महसुल तिर्न बाध्य भएका छन् । यसअघि स्थानीय संघसंगठनको प्रयासमा सामाजिक दुरिकायम गर्दै महसुल तिर्ने ब्यबस्था मिलाइएको भयपनि हाल उक्त कार्यले निरन्तरता पाउन सकेको छैन । समयमै महसुल भुक्तानी नगरे जरिवाना तिर्नुपर्ने हुदा उपभोक्तहरु जोखिम मोलेर महसुल तिर्न बाध्य भएका छन् ।