Fri. Jul 19th, 2024

असोज३०, तुल्सिपुर दाङ।
बि.पि कोइराला युवा नेतृत्व बिकास मञ्च तुल्सिपुरले आज एक कार्यक्रमका बिच तुल्सिपुरको बसपार्कमा माक्स वितरण सम्पन्न गरेको छ। बसपार्क क्षेत्रमा आज करिब ६०० माक्स वितरण गरिएको जानकारी संस्थाका नगर उपाध्यक्ष अनुप रास्कोटीले दिएका छन् । कार्यक्रमको प्रमुख अतिथिमा नेपाली काङ्ग्रेस दाङ क्षेत्र न.३का उपसभापति प्रमोद बस्नेत रहनु भएको थियो भने विशिष्ट अथितीमा नेपाली काङ्ग्रेस तु.न.पा १ का सचीव लोकराज भुसाल रहनु भएको थियो।
‘कोरोनाबाट बाचौ र बचाउ ‘ भन्ने मुल नाराकासाथ सञ्चालन गरिएको मास्क बैंक कार्यक्रमलाई आगामी दिनहरुमा पनि निरन्तरता दिदै लगिने जानकारी मञ्चले दिएको छ। मञ्चले बढी भिड हुने क्षेत्रमा कोरोना जोखिम नियन्त्रणका लागि मास्क बैंक कार्यक्रमलाई विशेष जोड दिदै आइरहेको छ। कार्यक्रमको सहजीकरण मञ्चका नगर सचीव रेशम खरेलले गर्नु भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *