Fri. Jan 24th, 2025

कार्तिक२८।

बैतडीको पाटन नगरपालिका-८ खोडपेमा बस दुर्घटना हुदा ९ जनाको ज्यान गएको छ भने ३४ जना घाइते हुन पुगेका छन् । गन्नादेखि महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बैतडीको खोडपे बजार नजिकै गएराती साढे १० बजे दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा ७ जना पुरुष र २ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले बताए। उनका अनुसार सानो घुम्तीबाट बस ५ सय मिटर जति तल खसेको छ। दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत भएको छ भने पाँच जनाको नाम मात्रै खुलेको छ। बैतडीको दोगडाकेदार-६ का प्रहरी जवान रणबहादुर चन्दको परिचय पत्रका आधारमा सनाखत भएको छ।

त्यसैगरी नरेन्द्र चौधरी, जगतनाथ ओझा, विमल वडु र तारा गिरीको पनि दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।प्रहरी र स्थानीय मिलेर राती नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको छ भने मृतकको शव निकालिएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पातल ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। उक्त बसमा ४५ जना भन्दा बढी यात्रु सवार रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *